बर्षाले रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदै

हेटौंडा टुडे
२०८० बैशाख १९, मंगलवार ०९:४८ गते

हेर्टौंडा| वर्षाका कारण ‘रिजर्भ डे’ मा सरेको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ । खेल  त्रिवि क्रिकेट मैदानमा विहान ९ बजेबाट शुरू हुने भएको हो ।

यसअघि सोमबार भएको खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ले २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनाएको थियो ।

२७.३ ओभरसम्मको खेल सकिँदासम्म यूएईका आसिफ खानले ४६ रन बनाएका थिए । आर्यन लक्राले १३, कप्तान मुहम्मद वसिमले ११ र बसिल हमिले १० रन बनाएका थिए । यसबाहेक यूएईका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।

यूएईविरुद्ध कसिलो बलिङ गरेको नेपालका ललितनारायण राजवंशीले तीन विकेट लिएका थिए । करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट लिएका थिए । यस्तै, सोमपाल कामी र गुल्सन झाले एक/एक विकेट लिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*