भीमफेदी कारागारमा झाडापखाला रोगबाट २९ जना कैदीबन्दी बिरामी

हेटौंडा टुडे
९ जेष्ठ २०८०, मंगलवार ११:०६

हेटौडा|क्षेत्रीय कारागार भीमफेदीमा झाडापखाला रोगबाट सोमबार २९ जना कैदीबन्दी एकैपटक बिरामी परेका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दीमा उक्त रोग देखिएको जिल्ला प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

कारागारमा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट २ जना डक्टर, ४ जना सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट १ जना डक्टर, ४ जना सहयोगी गरी जम्मा ११ जनाको टोलीले उनीहरुको उपचार गरिरहेको जनाएको छ ।

ती कैदीबन्दीको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उक्त ब्लकमा केही हप्ता अगाडि एक जना बन्दीको मृत्यु भएको थियो । त्यसपछि उनीहरूमा मनोसामाजिक समस्या देखा परेको कारागार प्रशासक तीर्थ पौडेलले जानकारी दिए ।

कारागारमा हाल ११०८ जना कैदीबन्दी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*