लागूऔषधसहित मकवानपुरका दुई जनालाई पक्राउ

हेटौंडा टुडे
१० जेष्ठ २०८०, बुधबार १२:१९

हेटौंडा|महोत्तरी प्रहरीले लागूऔषधसहित मकवानपुरका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले १ सय किलो लागूऔषध गाँजासहित सोमबार मकवानपुरका दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ बस्ने २९ वर्षीय रुपेश गोले र सोही ठाउँ बस्ने २६ वर्षीय अनिल पाख्रिन रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

सोमबार प्रदेश ३–००१ क ०२६९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध गाँजा बरामद भएपछि ट्रकका चालक रुपेश र सहचालक अनिललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*