विश्वकप छनोट तयारीका लागि नेपाली टोली दक्षिण अफ्रिका प्रस्थान

हेटौंडा टुडे
२०८० जेष्ठ १७, बुधबार १०:५८ गते

हेटौंडा|  नेपाली राष्ट्रिय क्रिकेट टिम एकदिवसीय विश्वकप छनोटको तयारीका लागि मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गरेको छ । नेपाली टोली विहान २ बजे दक्षिण अफ्रिका प्रस्थान गरेको छ ।

दक्षिण अफ्रिकामा नेपालले चार वटा अभ्यास म्याच खेल्ने कार्यतालिका रहेको छ । त्यसपछि नेपाल त्यहाँबाट जिम्बावेमा हुने विश्वकप छनोट प्रतियोगितामा सहभागी हुनेछ ।

टोलीमा सन्दिप लामिछाने भने सहभागी छैनन् । मंगलबार हुने भनिएको जिल्ला अदालत काठमाडौंको सुनुवाइ स्थगित भएपछि सन्दीप दक्षिण अफ्रिका नगएका हुन् । तर उनले टोलीलाई शुभकामना दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*