क्रिकेटर लामिछाने आज दक्षिण अफ्रिका जाँदै

हेटौंडा टुडे
२०८० जेष्ठ २२, सोमबार १४:०६ गते

हेटौंडा| नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज  दक्षिणअफ्रिका जाँदैछन् । आईसीसी विश्वकप एकदिवसीय छनोटको अभ्यास खेलका लागि उनी दक्षिण अफ्रिका जान लागेका हुन् ।

राष्ट्रिय क्रिकेट टोली मंगलबार नै दक्षिण अफ्रिका गइसकेको भएपनि बलात्कार आरोपमा सर्वोच्च अदालतमा पेशी रहेका कारण लामिछाने टोलीसँग जान पाएका थिएनन् ।

लामिछानेका कानुन व्यवसायीको अनुरोधमा पेशी असार २९ गतेसम्मलाई सरेपछि उनी प्रशिक्षक मोन्टी देशाइसँगै दक्षिण अफ्रिका जाने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*