हेटौंडा । एएफसी २० वर्ष मुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजेपछि शुरु हुनेछ ।
नेपाली टोलीका प्रशिक्षक यम प्रसाद गुरुङले पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको र दोस्रो चरणमा पनि सोही मनोवलका साथ खेल्ने बताउनुभयो । यसैगरी नेपाले जुन ८ मा चीन तथा जुन १० मा चाइनिज ताइपेइसँग हुनेछ ।
सेयर गर्नुहोस्