मेयर कप फुटबलमा आज सेमिफाइनल खेल हुने

हेटौंडा टुडे
२०८० जेष्ठ २४, बुधबार ११:१९ गते

हेटौंडा| तेस्रो संस्करणको हेटौंडा मेयर कप फुटबल प्रतियोगिता अन्तरगत आजबाट सेमिफाइनल खेल हुँदैछ । बुधबारको पहिलो सेमिफाइनल खेलमा १४ नम्बर र १५ नम्बर वडाबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा बिहीबार १३ नम्बर र ११ नम्बर वडाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

सेमिफाइनल प्रवेश गर्ने दुई टिमले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुले ५–५ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*