साफ फुटबलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

हेटौंडा टुडे
१२ असार २०८०, मंगलवार १२:०९

हेटौंडा| साफ च्याम्पियनसिप फुटबलको आफ्नो अन्तिम खेलमा साविक उपविजेता नेपाल मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

बैंगलोरस्थित कान्तिभरा स्टेडियममा नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३:४५ बजे शुरु हुनेछ। नेपाल र पाकिस्तान दुबै आफ्नो अन्तिम खेलमा जित निकाल्दै प्रतियोगितामा सान्त्वना जित हासिल गर्ने लक्ष्यमा छन्।

गत संस्करणमा उपविजेता बनेको नेपाल जारी संस्करणमा भने समूह चरणमा लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।
समूह ‘ए’ बाट नेपाल र पाकिस्तान बाहिरिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*