भीमफेदी गाउँपालिकाकोले सुरु गर्यो वडाबाटै भत्ता दिने ब्यवस्था

हेटौंडा टुडे
२०८० श्रावण १६, मंगलवार १६:५९ गते

हेटौडा । भिमफेदि गाउँपालिकाले चौथो किस्ता अन्तर्गत सामाजिक सुरक्षा भत्ता वडा स्तरबाट गाउँमै  गएर वितरण सुरु गरिएको छ । भिमफेदीको महादेवटारबाट गाउँपालिकाको अध्यक्ष हिदम लामा वडा अध्यक्ष बिस्णु बहादुर सहित बैंकको प्रतिनिधिहरु पुगेर सामाजीक सुरक्षा भत्ता वितरण गरिएको हो ।

भिमफेदी गाउपलिकाले अब देखि सामाजिक सुरक्षा भत्ता वडा स्तरबाट गाउँमै बित्तरण गरिने गाउँपलिकाकक अध्यक्ष् हिदम लामाले हेटौडा टुडेलाई बताउनु भयो , साथै बैंकिंङ प्रणाली मार्फत गाउँको जेष्ठनागरिक अपांग ,दलित , बृद ,बृदाहरु लगाएतकालाई सामाजिक सुरक्षा भत्ता लिन धेरै टाडा बाट हेटौंडा, भीमफेदी, काठमाडौ जाने झन्झटको अन्त्य गर्नको लागि पालिकाले गाउँमै यो सुबिधा दिएको लामाले बताउनु भयो ।

साथै गएको वर्ष देखिनै भत्ता वितरणको काम गाउँबाट गर्न खोजिएको तर प्राविधिक समस्याले गर्दा भत्ता बित्तरण गर्न नपाएको र चौथो किस्ता देखि गाउँमानै भत्ता बितरण सुरु गरेको लामाले बताउनु भयो । भीमफेदि गाउँपालिकाको वडा नम्बर ४ ५ ६ को सामाजिक सुरक्षा भत्ता  गाउँपालिका नजिकै रहेको बैकबाट वितरण गरिने छ भने बाकी वडाहरुमा वाड़ामै बितरण गरिने पालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*