हेटौडा । सोमवार रातिदेखी परेको बर्षाको कारण काठमाण्डौ जोड्ने भिमफेदी–भैसे सडकखण्ड अवरुद्ध बनेको छ । गएराति भिमफेदी–भैसे सडकखण्डमा पहरो खस्दा सडक अवरुद्ध बनेको थियो । भिमफेदी–२ ज्यालटारमा बर्षाको कारण पहिरो खसी अवरुद्ध बनेको बाटो बिहान ७ बजेबाट एकतर्फी संचालनमा आए पनि बिहान खसेको पहिरोले फेरी भिमफेदी–भैसे सडकखण्ड अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले पानी परिरहेकोले पहिरो हटाउन समस्या भएको र पहिरोका कारण सोमवार रातिबाट कान्तिलोकपथ अवरुद्ध बनेको कान्तिलोकपथ अझै संचालनमा आउन नसकेको मकवानपुर प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्