हेटौडा । बिहिबार आज साझ मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ डाडा बासमा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको छ । डाडाबास बाट आग्रा जादै गरेको बा. प्रा. ०२ – ०३९ प १११६ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको बा. प्रा. ०२ – ०३० प ८७०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परि बा. प्रा. ०२ – ०३९ प १११६ नम्बरको मोटरसाइकल चालक वर्षा अन्दाजी १५ को अन्जन तामाङ्ग घाइते भएको र उनको दाहिने खुट्टा र तिग्राको हड्डी भाचिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाईते तामाङको उपचारको लागि पालुङ प्राथमिक स्वाथ्य केन्द्र पठाईएको प्रहरीले जनाएको छ । बा .प्रा. ०२ -०३० प ८७०४ नम्बरको मोटरसाइकल चालक भने फरार रहेको र दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्