हेटौंडा । मकवानपुरमा ड्युटीमा खटिएका एक जना प्रहरीको पहिरोका कारण मृत्यु भएको छ । बिहिबार गए राति पहिरोसगै आएको ढुङ्गाले लागी जाजरकोट घर भएका एक प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छ ।
राति ११ बजे बाघझोरा बाट डिउटि सकेर मोटरसाईकलमा भैसे फर्कने क्रममा भिमफेदि गाउँपालिका वडा नम्बर १ बुलबुलेमा पहिरोसगै आएको ढुङ्गाले लागि प्रहरी जवान कृति बहादुर नेपालीकोे मुत्यु भएको हो । सोहि पहिरोमा परि अर्का प्रहरी जवान सुनिल मेचे घाईते भएको मकवानपुर प्रहरीले जनाएको छ । मृतक नेपालि र मेचे अस्थायी प्रहरी पोष्ट भैसेमा कार्यरत प्रहरी जवान हुन ।
सेयर गर्नुहोस्






















