हेटौडा । भीमफेदी गाउँपालिकामा हिजो बिहिबार एक महिलाको शव फेला परेको छ ।
भीमफेदी गाउँपालिका वडा नम्बर ८, माण्डुस्थित बागमती खोलामा खोलाबाट माण्डु हाईड्रोपावरको पानी जम्मा गरी फोहोर छुट्टयाउने इन्टेक बकेटमा करिब ३५ र ४० वर्षकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवामनपुरका प्रहरी नायव उपरिक्षक टेक बहादुर कार्कीले बताउनुयो ।
फेला परेको शवको पहिचान खुल्न नसकेको कार्कीले बताउनु भएको छ । यसअघि साउन २१ गते र साउन २७ गते पनि सोही स्थानमा शव फेला परेको थियो ।
सेयर गर्नुहोस्






















