खोलामा माछा मार्न निस्किएका बागमती गाउँपालिकाका थिङ मृत भेटिए

हेटौंडा टुडे
२०८० पुष २३, सोमबार १२:१४ गते

हेटौडा । बागमती गाउँपालिकामा माछा मार्न निस्किएका एक जना मृत फेला परेका छन् । सोमबार बिहान २ बजेर १५ मिनेटको समयमा वडा नं. ४ झुरझुरे वस्ने ३५ बर्षीय गोपाल थिङ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

थिङ आइतबार दिउँसो ४ बजेको माछा मार्न जान्छु भनि निस्किएका उनी साँझ परेपछि पनि घर नफर्किए पछि आफन्त र गाउँलेले खोजतलास गर्दै जाने क्रममा बागमती खोलामा पानीमा मृत अबस्थामा फेला परेको
प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*