हेटौडा । मकवानपुरको मकवानपुरगढी गाउपालिका वडा नम्बर ७ सुकौरामा आज रुख ढाल्ने क्रममा एक जनाको मृत्यु भएको छ । बिहिबार दिउसो १२ बजेको समयमा स्थानीय राम बाहादुर मोक्त्तानको बारीमा रुख ढाल्ने क्रममा रुखले च्यापिएर मोरंङ्ग जिल्ला मिथालाजुंग गाउपालिका वडा नंबर १ का राम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राई गाउमा केहि समय देखि डेरा गरि गाउमा जे काम पाए तेही काम गर्दै आएका थिए । घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको र राईको शव अहिले हेटौडा हस्पितालमा राखिएको मकवानपुर प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्






















