हेटौंडा । मकवानपुरमा शुक्रबार बिहानै सवारी दुर्घटना हुदा पैदलयात्री मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर -८ सिमपानी स्थित पुर्व पश्चिम सडकखण्डमा हेटौडा तर्फ बाट चितवन तर्फ जाँदै गरेको ना ५ ख. ७७१२ नं. को लोड ट्रकले बाटो क्रस गर्दै गरेको पैदल यात्रीलाई ठक्कर दिदाँ पैदल यात्रीको मृत्यु भएको मकवानपुर प्रहरिले जनाएकको छ । सवारी दुर्घटनामा परि मृत्यु हुनेमा राक्सिराङ गा.पा.-०९ घर भई हाल मनहरी गा.पा.-०८ बस्ने बर्ष करिब ७० को गंगा बहादुर स्याङतान रहेको मकवानपुर प्रहरिले जनाएको छ । ठक्कर दिने ट्रक र ट्रक चालक जि. सर्लाही हरिवन न.पा.-११ बस्ने बर्ष अं.४० को प्रमोद महत्तो इ.प्र.का. मनहरी मकवानपुरको नियन्त्रणमा रहेको प्रहरिले जनाएको छ ।
सेयर गर्नुहोस्






















