महिला विश्वकप टी–२० विश्वकपको एसिया छनोटमा नेपालको पहिलो भेट हङकङसँग

हेटौंडा टुडे
२०८२ बैशाख २२, सोमबार ११:२५ गते

हेटौंडा । आईसीसी महिला टी–२० विश्वकप छनोटको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार नेपालको खेल तालिका सार्वजनिक गरेको हो । थाइल्यान्डमा हुने प्रतियोगितामा सो समूहमा नेपालसँग हङकङ चाइना र बहराइन छन् । तीनवटै टिमले एकअर्कासँग दुई दुई खेल खेल्नेछन् । नेपालको पहिलो खेल २६ वैशाखमा हङकङ चाइनासँग हुनेछ भने दोस्रो खेल २७ वैशाखमा बहराइनसँग हुनेछ । तेस्रो खेल ३० वैशाखमा हङकङ चाइनासँग र समूहको अन्तिम खेल १ जेठमा बहराइनसँग हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*