हेटाैँडा/हेटाैँडा उपमहानगरपालिका ४ वडा नं. वडा अध्यक्ष नवीन सिग्देलले वडालाई विकासमा नमुना र अग्रिणी वडा बनाउँन आफू लागि परेकाे बताउँनु भएकाे छ । वडा कार्यालयबाट गरेकाे कार्यकाे समीक्षा र आगामी याेजनाकाे लागि सुझाव संकलन भेलामा बाेल्दै अध्यक्ष सिग्देलले भाैतिक पूर्वाधारसंगै शिक्षा, स्वास्थ्य, खेलकुद, भाषा साँस्कृतिकाे विकास, विभिन्न सामाजिक अभियान सञ्चालन गरि वडालाई चाैतर्फी विकास गर्न अग्रसर रहेकाे बताउनु भयाे । उहाँले टाेलबासीहरूले दिनु भएकाे सुझावलाई आगामी कार्ययाेजनामा समावेश गरि समस्याहरू प्राथमिकताकाे आधारमा समाधान गर्दै जाने प्रतिबद्वता व्यक्त गर्नुभयाे । हेटाैँडा र बाग्मति प्रदेशकाे राजधानीकाे मध्ये भाग र घनाबस्ति रहेकाे वडा भएकाेले सफा, उज्यालाे, हरियाली र सुरक्षित सुविधा सम्पन्न वडाकाे रूपमा विकास गरिरहेकाे भेलामा वडा अध्यक्ष सिग्देलले तथ्यसहित आफ्नाे भनाई राख्नु भएकाे थियाे । भेलामा टाेल विकास संस्था, विभिन्न सामाजिक संस्था र विभिन्न क्षेत्रका अगुवाहरूकाे सहभागीता रहेकाे थियाे । २६ वटा टाेल विकास संस्थाकाे तीन चरणमा भएकाे भेलाकाे अध्यक्षता वडा सदस्य गीता त्रिपाठी गर्नु भएकाे थियाे भने टाेल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्र बस्ताकाेटी, वडा सचिव रामप्रसाद गुरागाईँ, श्रमिक मावि, विध्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की र शैक्षिक सुधार गुणस्तर समितिका संयाेजक श्रीराम दाहाललगायतकाे उपस्थिति रहेकाे थियाे ।






















