नेपाललाई युएइले दियो ११५ रनको लक्ष्य

हेटौंडा टुडे
२०८२ जेष्ठ ५, सोमबार ११:१९ गते

हेटौंडा । आइसिसी महिला टी–२० विश्वकप एशिया क्षेत्र छनौट अन्तर्गत नेपालले सुपर थ्री अन्तर्गतको पहिलो खेलमा नेपाललाई युएइले  ११५ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ। यूएईले २० ओभर खेल्दै सात विकेटको क्षतिमा ११४ रन बनाएको हो । यूएईका लागि कप्तान ईशा ओझाले सर्वाधिक ३९ रन बनाइन् । ३९ बलको सामना गरेकी उनले दुई चौका र एक छक्का  हानिन् । उसका लागि तीर्थ सतीशले २१, हिना होतचन्दनी २० रन जोड्दा लावन्या केनीले १३ रन बनाइन् । नेपाली बलरसामू अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

यूएईविरुद्ध टस जितेर सुरुमा फिल्ड रोजेको नेपालका लागि मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गरिन् । चार ओभर बलिङ गरेकी उनले २० रन दिएर चार विकेट हात पारिन् । कविता कुँवरले चार ओभर बलिङ गर्दै १८ रन खर्चिएर दुई विकेट हात पर्दा राजमती ऐरीले चार ओभर बलिङ गर्दै २२ रन दिएर एक विकेट लिइन् । नेपालका अन्य कुनै पनि बलर चल्न सकेनन् । अब केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

आजको खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ । प्रतियोगितामा आइतबारको खेलमा थाइल्यान्डले यूएईलाई ४५ रनले हराएको थियो । प्रतियोगितामा सहभागी नेपाल समूह ‘सी’को विजेता हो भने थाइल्यान्ड समूह ‘ए’ र यूएई समूह ‘बी’को विजेता टिम हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*