नेपाल विरुद्ध नेदरल्याण्ड्सले टस जित्यो

हेटौंडा टुडे
२०८२ जेष्ठ २१, बुधबार १५:४९ गते

हेटौंडा । आइसीसी विश्वकप लिग टु अन्तर्गत बुधबार स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेदरल्याण्ड्सले नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। सोमबार घरेलु टोली स्कटल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित दर्ता गर्दै उच्च मनोबलमा रहेको नेपाल आज सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ।

नेपाली टोलीमा आज एक खेलाडी परिवर्तन गरिएको छ। तीव्र गतिका बलर रिजन ढकालको स्थानमा अनुभवी स्पिनर ललितनारायण राजवंशीले टिममा स्थान बनाएका छन्। यस सिरिजमा आफ्नो पहिलो खेल खेल्न लागेको नेदरल्याण्ड्स पनि सुखद सुरुवातको अपेक्षामा छ। आठ टोली सहभागी यो लिग टु प्रतियोगिता सन् २०२७ मा हुने एकदिवसीय विश्वकपको महत्वपूर्ण छनोट आधार हो।

नेपालको प्लेइङ – ११

रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र ललित नारायण राजवंशी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*