चितवनमा भएको दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु , गर्भवती थिईन बुहारी 

हेटौंडा टुडे
२०८२ असार ७, शनिबार २१:३६ गते

हेटौडा । शनिबार बिहान चितवको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १-०१-००१ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३- ००१ ज  २९९ नम्बरको माइक्रो ठोक्किएर मृत्यु भएको मध्ये ६ जनाको सनाखत भएको चितवन प्रहरीले जनाएको छ ।
दुर्घटनामा गर्भवती सहित पाँच जना महिला र दुई पुरूषको मृत्यु भएको थियो।

मृत्यु हुनेमा हेटौडा ५ का एकै परिवारका तीन जना ५३ वर्षीया मैंयाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेलको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

अन्य मृतकहरुमा मकवानपुरका ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहटको चन्द्रनिगाहपुर(६ की ३१ वर्षीया सिता कुमारी, माइक्रो चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१० का राजु थिङ छन्।

एक महिलाको शनाखत हुन बाँकी छ । उनको शव जिल्ला अस्पताल भरतपुरमा छ। दुर्घटनामा परी घाइते भएकाहरुको भरतपुरकै एलाइभ हस्पिटल, नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*