राक्सिराङ्गमा आयुर्वेद औषधालय भवन उद्घाटन

हेटौंडा टुडे
२०८२ असार १७, मंगलवार १६:४७ गते

हेटौंडा । राक्सिराङ्ग गाउँपालिका वडा नं. ५, ठाडोचुरीमा निर्माण सम्पन्न राक्सिराङ्ग आयुर्वेद औषधालय भवनको उद्घाटन सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षता र प्रदेशसभा सदस्य तथा प्रमुख अतिथि माननीय इन्द्र बहादुर बानियाको उपस्थितिमा २०८२ असार १७ गते (रोज ३) विशेष समारोहका बीच औषधालय भवन उद्घाटन गरिएको हो। सो अवसरमा पञ्चकर्म तथा पूर्वकर्म सेवाको समेत औपचारिक शुभारम्भ गरिएको थियो। औषधालय भवन निर्माणका लागि जग्गा दान गर्ने स्थानीय राम बहादुर चेपाङको योगदानप्रति कार्यक्रममा सम्मान गरिएको थियो।

अध्यक्ष मल्लले भवन तथा सेवा सञ्चालनले स्थानीयवासीलाई आयुर्वेदिक स्वास्थ्य उपचारमा सहजता पुग्ने र प्राकृतिक चिकित्सा पद्धतिप्रति जनचासो बढ्दै गएको बताउनुभयो। गाउँपालिकाको ३० लाख रुपैयाँको बजेटबाट निर्माण गरिएको आयुर्वेद औषधालय २ कठ्ठा १० धुर क्षेत्रफलमा फैलिएको औषधालय निर्माण गरिएको छ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बनस्थम थिङ, वडा नं. ५ का अध्यक्ष हरिबहादुर प्रजालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*