बुधबार सुनको मूल्य घट्यो

हेटौंडा टुडे
२०८२ असार ३२, बुधबार १०:५९ गते

हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ९२ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी २ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*