हेटौडा। मकवानपुरगढी गाउँपालिका केन्द्र रहेको स्थान बिगत लामो समय देखि नै विवादमा छ । साविकको मकवानपुरगढी गाविस , सुकौरा गाविस,आमभन्ज्याङ गाविस र बुढीचौर गाविस मिलेर बनेको मकवानपुरगढी गाउँपालिकाको केन्द्र साबिक मकवानपुरगढी गाविस भएको ठाउलाई तोकिको थियो । जिल्लामा भएका बिभिन्न आठ राजनैतिक दलहरु बीच जिल्ला बिकास समितिमा सहमति भएको भए पनि सुरुवात देखि नै अधिकांशलाई अयापक परेको गुनासो थियो । तत्कालिन समयमा गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको नेतृव हुदा देखि नै यो पालिकाको प्रशासनिक केन्द्रलाई अन्यत्र सार्न पर्ने जनगुनासो हुदा हुदै हुमागाईको कार्यकाल सकियो तर बिगत देखि नै नेपालि कांग्रेसले मकवानपुरगढी गाउपालिकाको केन्द्र सार्ने बिसयमा आफ्नो प्रमुख अजेण्डको रुपमा यो प्रस्ताबलाई अगाडी सार्दै आईरहेको थियो भने हिजो मंगलबार भएको १२ औ गाउ सभामा पनि पालिका सार्ने बिषयमा सहमति जुट्न नसक्दा पालिकाको केन्द्र सर्ला कि नसर्ला भन्ने बिषयमा अन्योलता थपिएको छ ।
मकवानपुरगढी गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नं ६ डुम्रेकुनामा सार्ने प्रस्ताव मंगलबारको गाउँसभाबाट अस्वीकृत भएको छ । लामो समय देखी स्थानीय तहमा चलिरहेको बहस र तयारीको बीच अन्तिम निर्णय लिने दिन आफ्नै वडाका चार सदस्य अनुपस्थित हुँदा दुई तिहाइ मत पुग्न नसक्दा मकवानपुरगढी गाउँपालिकाको केन्द्र वडा नंबर ६ मा सार्ने प्रस्ताव असफल भएको हो ।
मकवानपुरगढी गाउपालिका वडा नंबर ६ मै केन्द्र सार्ने प्रस्ताव थियो । दुई तिहाइ पुग्ने आँकलनमा पेस गरिएको थियो । तर वडा नं ६ कै ४ जना प्रतिनिधि अनुपस्थित हुँदा प्रस्ताव पारित हुन नसकेको गाउँपालिकाका प्रवक्ता दिपेश दाहाले बताए । प्रवक्ता दाहालका अनुसार केन्द्र सार्ने प्रयास तत्काल रोकिएको छैन “आगामी हिउँदे अधिवेशनमा थप तयारी र स्पष्ट योजना सहित फेरि प्रस्ताव ल्याउनेछौँ। यो सबैका लागि आवश्यक र संगै अहिलेको प्रशासनिक भवन उपयुक्त स्थानमा नभएको र “भौगोलिक रूपमा अहिलेको भवन गाउँपालिकाको क्षेत्रमै नभएको र हेटौडा ६ वनको जग्गामा रहेकाले आफुहरुले ल्याएको प्रस्ताव कुनै स्वार्थका लागि नभई, जनताको हित र पहुँच पुहने हिसाबले प्रस्ताब अगाडी सारेको प्रवक्ता दाहाल बताए
















