शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

हेटौंडा टुडे
२०८२ श्रावण २३, शुक्रबार ११:२७ गते

हेटौंडा। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

आज छापावाल सुनको मूल्य तोलामा १ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९८ हजार ४ सय रहेको थियो । आज मूल्य वृद्धि भइ १ लाख ९९ हजार ४ सय कायम भइ कारोबार भइरहेको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । यसअघिको रेकर्डलाई तोड्दै सु्नको मूल्यले नयाँ रेकर्ड बनाएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला छापावाला सुनको मूल्य २ हजार ३ सय १५ रहेको थियो । आज मूल्य वृद्धि भइ २ हजार ३ सय २५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*