हेटौंडा। एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले पहिलो जित दर्ता गर्न सफल भएको छ। भुटानमा सम्पन्न खेलमा नेपालले साउदी अरेबियालाई १–० ले पराजित गर्दै प्रतियोगितामा आफ्नो अभियानलाई सशक्त बनाएको हो। सुकृया मिया खेलको ९०औं मिनेटमा निर्णायक गोल गर्दै टिमलाई तीन अंक जित दिलाएसँगै खेलको हिरो बन्न पुगिन् ।
यसअघि समूह चरणको पहिलो खेलमा नेपालले आयोजक भुटानसँग १–१ को बराबरी खेलेको थियो। आजको जितसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना जीवित रहन गएको छ। साउदी अरेबियाले भने उत्तर कोरियासँग १५-० को फराकिलो हार बेहोरेको थियो ।
नेपालको अर्को खेल मिती र प्रतिस्पर्धी टिम सार्वजनिक हुन बाँकी छ।
सेयर गर्नुहोस्






















