सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य

हेटौंडा टुडे
२०८२ श्रावण २८, बुधबार ११:११ गते

हेटौंडा । नेपाली बजारमा  बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो। यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूलय प्रतितोला २० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला २३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २३ सय २५ रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*