सुनचाँदीको मूल्य फेरि बढ्यो

हेटौंडा टुडे
२०८२ भाद्र २, सोमबार ११:१० गते

हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ। अघिल्लो कारोबार दिन आइतबार ७०० सय रुपैयाँले बढेको सुन आज ८ सय रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ८ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य  बढे सँगै चाँदीको मूल्य पनि बढेको छ। आज ५ रुपैयाँले बढेर एक तोला चाँदी २ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*