मकवानपुरगढीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

हेटौंडा टुडे
२०८२ भाद्र ५, बिहीबार १०:४९ गते

हेटौंडा । मकवानपुरको मकवानपुरगढी वडा नम्बर ३ मक्राञ्चुलीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्वा महिलाको मृत्यु भएको छ।

बुधबार बिहान मकवानपुर मकवानपुरगढी गा.पा.३ फुट्सल चोक स्थित भित्री सडक खण्डमा मक्राञ्चुली बाट हेटौडा तर्फ आउदै गरेको ना ४३ प २०४० नम्बर को मोटरसाइकलले पैदल यात्री  स्थानीय  अन्दाजी ९२ वर्षीया नन्द कुमारी न्यौपानेलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते न्यौपानेको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेज रिफर गरिएको थियो । चितवन मेडिकल कलेजले उपचार सम्भव नहुने जनाएपछि पुनः हेटौंडा ल्याइ हेटौँडा १ स्थित सहकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।  ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*