अब दश दिन भित्र युरिया मल सहज रूपमा उपलब्ध हुन्छ : कृषिमन्त्री अधिकारी

हेटौंडा टुडे
२०८२ भाद्र १५, आईतवार १५:०५ गते

हेटौंडा। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिन भित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन् ।

कपिलवस्तुको चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले कोलकाताबाट आयात गरिएको मल साता दश दिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताए । अब मलको हाहाकार नहुने बताउँदै उनले किसानलाई आश्वस्त पारेका छन ।

मन्त्री अधिकारीले जिल्लाको खेतीयोग्य जमिन र उत्पादनका आधारमा मल वितरण गर्नुपर्ने बताए । ‘मल वितरण गर्दा वास्तविक कृषकलाई प्राथमिकता दिनुपर्छ, ठूलो भूभागमा खेती गर्ने किसानले मल अभावका कारण आर्थिक क्षति बेहोर्नु नपरोस् भन्नेमा हामी संवेदनशील छौं,’ उनले भने ।

नेपाली कांग्रेसका जिल्ला उपसभापति उमाकान्त खनालले आगामी वर्षदेखि किसानलाई मल, बिउलगायत सामग्री वर्षायाम अगावै उपलब्ध गराउने योजनामा काम गर्न सुझाव दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*