हेटौँडा। प्रतितोला २ लाख नाघेपछि सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बन्न थालेको छ । केही दिनयता मूल्य बढ्दै गएपछि सुनको मूल्यमा एक पछि अर्को रेकर्ड बन्न थालेको हो । त्यसैगरी सोमबार पनि सुनको मूल्य थप बढेको छ ।
आज प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला २४२५ रुपैयाँ रहेको चाँदी आज २४७० रुपैयाँ पुगेको छ ।
सेयर गर्नुहोस्






















