हेटौडामा एक व्यक्ति माथि खुकुरी प्रहार

हेटौंडा टुडे
२०८२ भाद्र ३१, मंगलवार ०८:१४ गते

हेटौँडा । हेटौडामा सोमबार साझ एक व्यक्ति माथि खुकुरी प्रहार भएको छ । हेटौँडा–१० स्थित वन विज्ञान क्याम्पस अगाडि मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ धादिङका प्रेमकुमार घिमिरेमाथि सोमबार साँझ  खुकुरी प्रहार भएको हो  । उनको हेटौंडा अस्पतालमा सामान्य उपचारपछी चितवनको अस्पतालमा उपचार भइरहेको छ  । करिब १० जनाको समुहले फरेष्ठी क्याम्पस अगाडी हातका पाखुरा, अनुहार लगायतका स्थानमा खुकुरी प्रहार भएको छ  । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार खुकुरी प्रहार गर्ने सम्मको पहिचान अझै नभएको र त्यसको अनुसंधान भइरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*