हेटौंडा। मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर-४ झुरझुरेमा ईभी भ्यान र मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटनामा १६ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश ००२-००१ ज ००७२ नम्बरको ईभी गाडी र बागमती गाउँपालिकातर्फ जाँदै गरेको ना ५२ प ५५९८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।
ठक्करबाट ईभीमा सवार १५ जना र मोटरसाइकल चालकसहित १६ जना घाइते भएको प्रहरीले जनाएको छ । ठक्करपछि इभी भ्यान सडकबाट करिब १ सय मिटर तल खसेको हो । घाइतेहरूको बागमती–४ झुरझुरेस्थित सान्बि अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेटौँडा ल्याइएको प्रहरीले जनाइएको छ । घाइतेहरु सबै खतरा मुक्त रहेको प्रहरीले जानकारी दिएको छ।
सेयर गर्नुहोस्






















