आईसीसी टी-२० विश्वकप :सुपर सिक्सको अन्तिम खेलमा नेपाल आज सामोयाविरुद्ध भिड्दै

हेटौंडा टुडे
२०८२ आश्विन ३१, शुक्रबार १०:४३ गते

हेटौंडा । आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपाल आज (शुक्रबार) सामोयाविरुद्ध भिड्दैछ। ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ।सुपर सिक्सको यो अन्तिम खेलमा सामोयालाई हराउँदै नेपाल टी-२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटको उपाधि जित्न चाहन्छ। दुई खेल अगावै भारत र श्रीलङ्कामा आगामी वर्ष आयोजना हुने आइसिसी टी-२० विश्वकपमा स्थान बनाएको नेपाल छनोटको उपाधि नजिक पुगिसेको छ ।
नेपालले बुधबार राति बलियो प्रतिद्वन्द्वी ओमालाई ३८ रनले हराएपछि नेपालको उपाधिको सम्भावना बलियो बनेको हो ।
नेपाल सुपर सिक्समा ८ अंकसहित शीर्षस्थानमा छ । दोस्रो र तेस्रो स्थास्थानमा रहेका यूएई र ओमानको ६–६ अंक रहेको छ । यूएईले अब कुनै खेल खेल्न बाँकी छैन भने ओमानले आजै अन्तिम खेलमा जापानसँग प्रतिस्पर्धा गर्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*