हेटौंडा । मकवानपुर जिल्ला अदालतले मुद्दाको प्राथमिकताको आधारमा नियमित सुनुवाइ सुरु गर्ने भएको छ । अदालतले एक सूचना जारी गर्दै आगामी कात्तिक १३ गतेदेखि मुद्दाहरूको नियमित सुनुवाइ प्रारम्भ गर्ने जनाएको हो । आन्दोलनका क्रममा अदालतमा आगजनी भएपछि नियमित सेवा प्रभावित भएको थियो ।
यद्यपि, अदालतले बन्दी प्रत्यक्षीकरण जस्ता विशेष सेवाहरु भने सञ्चालन गरिरहेको थियो । जिल्ला बार एसोसिएसन, मकवानपुरसँगको सहकार्यमा मुद्दाको प्राथमिकता निर्धारण गरी नियमित रूपमा सम्पूर्ण सुनुवाइ अगाडि बढाइने भएको अदालतका निमित्त श्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए ।
उनका अनुसार, असार ३० गते बार एसोसिएसन र अदालतको पूर्ण बैठकले नियमित पेशी सुचारु गर्ने निर्णय गरेको हो । यसका साथै, साप्ताहिक पेशी सूची कात्तिक २ गते अदालतको सूचना पाटीमा टाँस गरिने उनले बताए । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते मकवानपुर जिल्ला अदालत पनि आगजनीको गरिएको थियो ।























