आइतबार सुनको मूल्य तोलामा ११ हजार ६ सय घट्यो

हेटौंडा टुडे
२०८२ कार्तिक ९, आईतवार ११:३३ गते

हेटौंडा । नेपाली बजारमा आइतबार सुन तोलामा ११ हजार ६ सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका सुन प्रतितोला दुई लाख ४१ हजार नौ सय रुपियाँ निर्धारण गरेको छ । यसअघि कात्तिक ३ गते सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार पाँच सय रुपियाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते सुनको मूल्य करिब ५ प्रतिशत घटेको थियो । असोज ३ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४३५८ अमेरिकी डलरसम्म पुगेको सुनको भाउ अहिले ४१११ डलर छ । एक औंस बराबर २.४३ तोला हुन्छ ।

नेपालमा भने सार्वजनिक बिदा परेसँगै महासंघले कात्तिक ४ र त्यसयता मूल्य समायोजन गरेन । यसको प्रभाव आइतबार मात्रै देखिएको हो । असोज ३१ गते सुन मूल्य हालसम्मकै उच्च प्रतितोला दुई लाख ५८ हजार रुपियाँ पुगेको थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला २६५ रुपियाँ घटेको छ । तिहारअघि चाँदी प्रतितोला तीन हजार २८० रुपियाँमा कारोबार भएकोमा आज ३ हजार १५ रुपियाँ कायम भएको छ । असोज ३१ गते चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला तीन हजार ३५० रुपियाँ पुगेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*