सोमबार पनि घट्यो सुनचाँदीको मूल्य

हेटौंडा टुडे
२०८२ कार्तिक १०, सोमबार १०:५७ गते

हेटौंडा । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २ हजार ९ सय ८० रुपैयाँ कायम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*