तोलामा २७ सयले बढ्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८२ कार्तिक १४, शुक्रबार ११:१३ गते

हेटौंडा । शुक्रबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३९ हजार रुपैयाँ तय भएको छ । अघिल्लो दिन २ लाख ३६ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ रहेकोमा आज बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन मूल्य बढेपछि नेपाली बजारमा प्रभाव परेको हो । अमेरिकी केन्द्रीय बैंकले हालै कोषको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको थियो । ब्याजदर कटौतीले पनि सुनचाँदीको भाउ बढ्न दवाव पुग्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*