आज सुनको मूल्य बढ्यो

हेटौंडा टुडे
२०८२ कार्तिक १६, आईतवार ११:२४ गते

हेटौंडा। आइतबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ७ सय रुपैयाँले सुनको मूल्य बढेको हो । अघिल्लो दिन शुक्रबार तोलामा २७ सय बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य  प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३९ हजार रुपैयाँ थियो ।

यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले मूल्य घट्दै चाँदी प्रतितोला ३०५५ रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*