हेटौंडा । आज स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ३८ हजार ३०० र चाँदी प्रतितोला रु तीन हजार १५ मा खरिदबिक्री भइरहेको छ । असोज मसान्तपछि सुनको भाउ क्रमिक रुपमा ओरालो लागेको छ । असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
चाँदी तोलामा ४५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३०१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । असोज ३१ गते चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
सेयर गर्नुहोस्






















