हेटौंडा । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले भारतका तीन वटा क्रिकेट टोलीसँग मैत्रीपूर्ण क्रिकेट खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले सोमबार महिला राष्ट्रिय क्रिकेट टोलीले उक्त सिरिज खेल्ने जानकारी दिएको हो। सो सिरिजका लागि १५ खेलाडीको घोषणा भएको छ।
आगामी नोभेम्बर १३ देखि १९ सम्म नेपाल, उत्तराखण्ड, बङ्गाल र राजस्थानको महिला क्रिकेट टोलीले एक आपसमा कुल ६/६ वटा खेलहरू खेल्ने कार्यक्रम रहेको छ। खेलहरू भारतको देहरादूनस्थित आयुष क्रिकेट एकेडेमी हुनेछ।

सेयर गर्नुहोस्






















