बुधबार सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

हेटौंडा टुडे
२०८२ कार्तिक २६, बुधबार ११:१३ गते

हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ तोकेको छ । मंगलबार सुनको मूल्य तोलामा २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज सुनको मूल्य तोलामा २१ सयले घटेको हो ।

यसअघि असोज ३१ गते सुन अहिलेसम्मकै महँगो बन्दा तोलाको २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । आज सुनको भाउ घटे पनि चाँदीको भने बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँ बढेको महासंघले जनाएको छ । हिजो तोलाको ३१७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*