जेन–जी आन्दोलनको क्षतिमा साढे ३ अर्ब भन्दा बढी बीमा भुक्तानी

हेटौंडा टुडे
२०८२ कार्तिक २६, बुधबार १२:५६ गते

हेटौंडा । जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिसम्बन्धी दाबीमध्ये निर्जीवन बीमा कम्पनीहरूले हालसम्म साढे ३ अर्ब भन्दा बढीको  बीमा दाबी भुक्तानी गरेका छन् ।

प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेको दाबी मध्ये सम्पत्ति बीमातर्फ ६९३ वटा दाबीको १९ अर्ब ४ करोड ९ लाख रुपैयाँमध्ये करिव २ अर्ब ९२ करोड ८६ लाख रुपैयाँ र मोटर बीमातर्फ २ हजार २९० वटा दाबीको दाबीको ३ अर्ब ४७ करोड ७ लाख रुपैयाँमध्ये ६८ करोड ६१ लाख रुपैयाँ भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको ५४ करोड ७५ लाख रुपैयाँ दाबी परेको छ । उक्त दाबीमध्ये ६ करोड २३ लाख रुपैयाँ, परिवहन बीमातर्फ १२ वटा दाबीको करिव १ करोड ६८ लाख रुपैयाँ मध्ये ४७ लाख रुपैयाँ र अन्य बीमातर्फ ४२ वटा दाबीको ३९ करोड ३० लाख रुपैयाँ दाबी रकममध्ये २३ लाख रुपैयाँ अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।

आन्दोलनबाट भएका क्षतिको दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई २ अर्ब ४८ करोड १० लाख रुपियाँ अग्रिम भुक्तानी (पेश्की) प्रदान गरेको छ । पुनर्बीमा कम्पनीमा पुगेका २ हजार ८५७ दाबीको कुल मूल्य करिब १५ अर्ब ८२ करोड ७० लाख रहेको अद्यावधिक तथ्यांकमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*