हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ हजार ९ सय रूपैयाँले बढेको हो । बुधबार तोलामा २ लाख ४४ हजार ३ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार बढेर २ लाख ५० हजार २ सयमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदी तोलामा १ सय ७० रूपैयाँले बढेको छ । महासंघकाअनुसार चाँदी ३ हजार ३ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
सेयर गर्नुहोस्






















