सुनको मूल्य ६ हजार ९०० ले घट्यो

हेटौंडा टुडे
२०८२ कार्तिक ३०, आईतवार ११:११ गते

हेटौंडा ।आइतबार सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य आइतबार घटेर तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*