एनपीएलमा आज दुई खेल हुँदै

हेटौंडा टुडे
२०८२ मंसिर २, मंगलवार ११:०२ गते

हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् ।  मंगलबारको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । यो खेल बिहान ११ः४५ बजे शुरु हुनेछ । चितवन कुशल मल्लको कप्तानीमा मैदानमा उत्रने छ भने कर्णालीको कप्तान सोमपाल कामी छन् ।
दोस्रो खेलमा भने विराटनगर किंग्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् । विराटनगर सन्दीप लामिछानेको कप्तानीको टिम हो भने पोखाराका कप्तान कुशल भुर्तेल हुन् । यो खेल दिउँसो ४ बजे शुरु हुनेछ ।
सोमबार भएको उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजसँग ५ विकेटले पराजित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*