सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

हेटौंडा टुडे
२०८२ मंसिर ४, बिहीबार ११:१५ गते

हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ७ सयले बढेर तोलाको २ लाख ४३ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर ३१८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि वुधबार चाँदी तोलाको ३१५० मा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*