हेटौंडा । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला ३ हजार २ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सेयर गर्नुहोस्






















