हेटौंडा । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको २ हजार २०० रुपैयाँ र चाँदी तोलाको ६५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५० हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ४८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेर ३ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ३ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
सेयर गर्नुहोस्






















