आइतबार तोलामा १६ सयले बढ्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८२ मंसिर १४, आईतवार ११:४१ गते

हेटौंडा । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार आइतबार सुन प्रतितोला दुई लाख ५२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।  आइतबार  चाँदीको मूल्य भने तोलामा एक सय ४५ रूपैयाँले बढेको छ।

शुक्रबार तीन हजार तीन सय ४५ रूपैयाँमा भएको चाँदी आइतबार तीन हजार चार सय ९० रूपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार दुई सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*